सिटिजन लाइफ चक्रघट्टी शाखाका अमरलाल बने एमडीआरटी

सिटिजन लाइफ चक्रघट्टी शाखाका अमर लाल धामी २०२५ का लागि एमडीआरटी बन्न सफल भएका छन्।

 

धामीले १ जनवरी २०२४ देखि ३१ डिसेम्बर २०२४ सम्म करिब ४७ लाख प्रथम बीमाशुल्क संकलन गरेर यो उपलब्धि हासिल गरेका हुन्। बराहा क्षेत्र नपा–४, हर्दियाका निवासी धामी करिब १० महिना अगाडि सिटिजन लाइफ इन्स्योरेन्स चक्रघट्टी शाखामा अभिकर्ताका रूपमा आबद्ध भएका थिए।

 

कम्पनीमा आबद्ध भएपछि सुरुका महिनाहरूमा शाखा प्रमुख र टिम लिडर्ससँग बुझ्दै उनले बीमाको विस्तृत अध्ययन गरे। उक्त ज्ञानको उपयोग गर्दै उनले वार्षिक लक्ष्य हासिल मात्र गरेनन्, डायमण्ड क्लब बिजेताको उपाधि पनि जिते।

 

डायमण्ड क्लब बिजेता भएर काठमाडौंको पाँचतारे होटल हायात रेजिडेन्सीमा सम्मानित हुँदा उनले बीमाको क्षेत्रमा अवसर र सम्मान निकै ठूलो रहेको महसुस गरे। पेशाले भरुल बचत तथा ऋण सहकारीका व्यवस्थापक रहेका धामीले बीमाबाट पाएको सम्मानले आफूलाई थप हौसला मिलेको बताए।

 

धामीले यो वर्ष एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) बन्ने लक्ष्य लिएका थिए, जुन उनले सफलतापूर्वक पूरा गरे। दुई वर्ष मलेसियामा बसेर स्वदेश फर्किएका धामीले कृषि र सहकारी क्षेत्रमा सक्रिय हुँदै बीमाबाट समाज र देशका लागि योगदान पुर्‍याउने आफ्नो सपना साकार पारेका छन्।

 

उनले भने, “बीमाले बचतको दायरामा सबैलाई ल्याउनुका साथै समृद्ध भविष्य सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ। यसबाट मैले नेपाल सरकारलाई कर तिर्दै देशको अर्थतन्त्रलाई पनि सहयोग गरेको छु।”

 

सन् १९२७ मा स्थापना भएको एमडीआरटीमा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध छन्। यसमा सहभागी हुन जनवरी १ देखि डिसेम्बर ३१ सम्म तोकिएको बीमाशुल्क (५० करोड बढी बीमांक रकम) संकलन गर्नुपर्छ।

धामीको यो उपलब्धि बीमाको क्षेत्रमा प्रेरणादायी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित