हल्ट प्राइज आइओई पुल्चोक क्याम्पसमा ‘डिजाइन थिङ्किङ’ विषयक उद्यमशीलता वार्ता आगामी जनवरी २४ मा

ललितपुर – हल्ट प्राइज आइओई पुल्चोक क्याम्पसद्वारा आयोजना गरिने ‘डिजाइन थिङ्किङ’ विषयक उद्यमशीलता वार्ताको तेस्रो सत्र आगामी जनवरी २४ मा एम्बार्क कलेज, पुल्चोक, ललितपुरमा सम्पन्न हुने तयारी गरिएको छ। स्नातक तहका विद्यार्थीहरूलाई लक्षित यस कार्यक्रमले नवप्रवर्तनशील सोच र उद्यमशीलता क्षमताको विकासमा केन्द्रित रहनेछ।

उक्त वार्तामा सहभागीहरूले डिजाइन थिङ्किङ अवधारणाका आधारभूत पक्षहरू—प्रयोगकर्ता सहानुभूति, विचार विकास, प्रोटोटाइप निर्माण र परीक्षण प्रक्रियाहरूको व्यावहारिक ज्ञान हासिल गर्नेछन्। यो कार्यक्रम नवप्रवर्तनशील समाधान खोज्न तथा सामाजिक र व्यावसायिक चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

यस सत्रका प्रमुख वक्ता वुमन लिड नेपालकी कार्यकारी निर्देशक सुश्री हिमा बिस्ट हुनुहुन्छ। उहाँले लैङ्गिक समानता, सामाजिक उद्यमशीलता, र नेतृत्व विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। सुश्री बिस्टले आफ्नो अनुभव तथा ज्ञान साझा गर्दै सहभागीहरूलाई उद्यमशीलता यात्रामा सशक्त बनाउन प्रेरित गर्नुहुनेछ।

कार्यक्रम विवरण:

  • मिति: जनवरी २४
  • समय: बिहान १०:०० बजे – दिउँसो १:०० बजे
  • स्थान: एम्बार्क कलेज, ललितपुर

दर्ता लिंक: यहाँ क्लिक गर्नुहोस्

उद्यमशीलता र नवीन सोचको प्रवर्द्धनका लागि आयोजना गरिएको यो वार्ता विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजकले लिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित