ताप्लेजुङको मुकुमलुङ पाथीभरा क्षेत्रमा पहिचानबादी पक्षधर र प्रहरीबीचको झडपमा २६ जना घाइते ४ जनालाई गोलि लाग्यो

ताप्लेजुङमा मुकुमलुङ बचाउ अभियान पहिचान पक्षधर र प्रहरीबीचको झडपमा २६ जना घाइते, ४ जनालाई गोली लाग्यो :

१३ माघ २०८१ आइतबार
समाज रुपान्तरण डट कम
ताप्लेजुङ –

ताप्लेजुङमा पहिचान पक्षधर र प्रहरीबीचको झडपमा २६ जना घाइते मध्ये ५ गम्भीर घाइते ३ जनाको उपचार गर्न सेनाको एयर बस हेलिकप्टर बाट काठमान्डाै लगियो :-

ताप्लेजुङ : ताप्लेजुङको मुकुमलुङ पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन्।

 

झडपका क्रममा प्रहरीले हानेको गोली लागि ४ जनालाई गम्भीर रुपमा लागेको पहिचान पक्षधरको दाबी छ। उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। १ जना भने अश्रुग्यास प्रहार गर्दा घाइते भएका हुन्। मुकुमलुङ पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुईपटक झडप भएको हो पहिचानबादी नेता मनिस हेल्लोकले बताए ।

दिउँसोको झडपमा प्रहरीले अश्रु्ग्यास मात्रै प्रहार गरेको थियो। साँझ स्थिति भड्किन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ। दिउँसो ४ बजेतिर झडप हुँदा ३ जना सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका १ जना घाइते भएका थिए । थप घाइते साँझ ६ बजेतिरको झडपमा भएका हुन्। उनले भने

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले आन्दोलनकारीतर्फ ५ जना र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएको जानकारी दिए। ‘घाइतेमध्ये २ जना अन्दोलनकारीलाई गोली लागेको गम्भीर चोट छ। माहोल नियन्त्रण बाहिर जाने अवस्था बनेपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने।

जिल्ला अधिकारीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीका ९ जना छन्। इन्स्पेक्टरसहित घाइते भएको उनले बताए। प्रहरीको गोली लागेर तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का मंगल लावती, सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा गम्भीर घाइते भएका छन्। भने

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ। यामबहादुर, सगुन र धर्मलाई थप उपचारका लागि विराटनगर ल्याइएको हो। गम्भीर घाइते भएका याम बहादुर सगुन र धर्मलाई नोबेलले उपचार गर्न नसकेपछि पुनः ३ घाइतेहरुलाई सेनाको एयर बस हेलिकप्टर बाट आज काठमान्डाै लगिएको छ भने त्यसअघि जिल्ला अस्पताल ताप्लेजुङमै उपचार गराइएको थियो। सामान्य अवस्थाका मंगल डिस्चार्ज भइसकेका छन्।
घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन डीआईजी अधिकारी आफैं नोबेल अस्पताल पुगेकाछन्। ‘२ जनालाई गोली लागेको गम्भीर चोट छ। १ जनालाई चैं गोली लागेजस्तो देखिँदैन। तर, सबै घाइते बोल्न सक्ने अवस्थामा छन भन्ने जानकारी छ,’ उनले भने।

मुकुमलुङ पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएको छ। त्यसको विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन्। कम्पनीले मंगलबारदेखि केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेको थियो। भने
त्यसपछि आन्दोलनकारीहरु मुकुमलुङ पाथीभरा केन्द्रित भएर विरोध गरिरहेका छन्। भने आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ। आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना प्रहरीले पाएको थियो। हतियारको खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएको प्रहरीको भनाइ छ।

आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायत बरामद समेत भएको डीआईजी अधिकारीले बताए। उनका अनुसार सुरक्षाकर्मी लक्षित आक्रमण हुन थालेपछि सुरुमा अश्रुग्यास हानिएको थियो। आन्दोलनकारी झन् आक्रामक बनेपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ।

तर, शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले दमन गरेको दाबी पहिचान पक्षधरको छ। पहिचान पक्षधरले केबलकार निर्माण नरोकेमा गम्भीर आन्दोलन थप चर्काउने चेतावनी दिएको छ। आम-हडताललगायतका आन्दोलनमा उत्रने चेतावनी दिइएको हो। मुकुमलुङ बचाउ अभियान तथा पहिचानबादी विभिन्न राजनीति दल विभिन्न सघ-सस्थाहरुले आज मघ १३ गतेनै सरकारलाई आफ्नो प्रेस बिज्ञप्ति मार्फत जारी गर्दै १५ गतेदेखि थप आन्दोलन चर्काउने र अनिश्चितकालिन मेची राजमार्ग समेत बन्द गराउने आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ ।

मुकुमलुङ पाथीभरा मन्दिर क्षेत्रको फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिरनजिकसम्म २.७ किलोमिटर केबलकार बनाउन काम सुरु भएको छ। पाथीभरा मुक्कुमलुङ केबलकार प्रा.लिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर काम सुरु गरेको छ। केबलकारको लागत अनुमान करिब ३ अर्ब रूपैयाँ लाग्ने स्रोतको अनुमान छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित