तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारामा १८ लाख लागतमा बराह स्तम्भ निर्माण

तेह्रथुमको छथर गाउँपालिका फाक्चामारामा १८ लाख लागतमा बराह स्तम्भ निर्माण

२७ माघ २०८१

समाज रुपान्तरण डटकम

बिराटनगर

तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं. ४, फाक्चामारामा आर्थिक वर्ष २०८१/८२ को बजेटबाट रु. १८,००,००० (अठार लाख) लागतमा बराह स्तम्भ निर्माण गरिएको छ। छथर गाउँपालिका र सोही वडाको साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएको यस स्तम्भका लागि आर्थिक वर्ष २०८०/८१ मा रु. १०,००,०००, आर्थिक वर्ष २०७९/८० मा रु. ५,००,०००, र वडा स्तरीय बजेट अन्तर्गत रु. ३,००,००० गरी कुल लागत रु. १८,००,००० रहेको वडा अध्यक्ष पुष्प कार्कीले जानकारी दिएका छन्।

मिति २०८१ माघ २९ गते, मङ्गलबार, छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर तिगेला लिम्बु को प्रमुख आतिथ्यमा बराह स्तम्भको उद्घाटन गरिने छ। उद्घाटन समारोहमा करिब ३०० जना स्थानीय बासिन्दाको उपस्थिति रहने अनुमान गरिएको छ।

बराह स्तम्भ निर्माणको उद्देश्य

फाक्चामारा क्षेत्रमा बराह उत्पत्तिसँग सम्बन्धित किंवदन्ती रहिआएको छ। स्थानीय कथन अनुसार, पहिले यहाँ बराह देखिने गथ्र्यो, तर पछि हराएको विश्वास गरिएको छ। यसै किम्बदन्तीलाई आधार मानी ‘फ्याक (सुँगुर) माराको अपभ्रंश’ हुँदै फाक्चामारा नाम रहन गएको बताइन्छ। सोही किंवदन्तीको ऐतिहासिक महत्व जोगाउन बराह स्तम्भ स्थापना गरिएको वडा अध्यक्ष कार्कीले बताए।

 

बराह स्तम्भको विशेषता

  • स्तम्भको आकृति सुँगुरको देब्रे कान र देब्रे पाटो काटिएको रूपमा बनाइएको छ।
  • यो स्तम्भ फाक्चामारा गाउँको ऐतिहासिक पहिचान संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको हो।
  • वडा अध्यक्ष पुष्प कार्कीको सक्रिय नेतृत्व र वडा नं. ४ का स्थानीय बासिन्दाको सहयोग बाट स्तम्भ निर्माण सम्भव भएको छ।

वडा अध्यक्ष पुष्प कार्की: एक उदाहरणीय नेतृत्व

२०७४ मा स्थानीय तहबाट वडा सदस्य भइसकेका पुष्प कार्की २०७९ मा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनले निरन्तर गाउँको सेवा गर्दै आएका छन्। छथर गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरूमध्ये गैर-लिम्बू समुदायका एक मात्र वडा अध्यक्ष पुष्प कार्की हुन्, जसले आफ्नो कार्यसम्पादनका कारण उदाहरणीय नेतृत्व प्रस्तुत गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित