फालेलुलुङमा प्रशसानिक भवन समपन्न

फालेलुङ गाउँपालिकामा आज देखि ५सैया अस्पताल र ४५ कोठे पालिकाको प्रशासनिक भवन उटघाटन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको हस्तबहुलीबाट सम्पन्न भएको छ।

उक्त कार्यक्रममा पुर्व गाउँ पालिका अध्यक्ष सन्च कुमार केरुङले नमिलेको काम चाहिँ जनप्रतिनिधिले गर्नुपर्छ।मिलेको काम त कर्मचारीले गर्ने हो।नमिले मिलाउदै जानु भन्ने मेरो अनुरोध पनि जनप्रतिनिधिहरुलाई रहेको बताउनु भएको छ।

जिल्ला सिडियो बिष्णु प्रसाद अधिकारीले यो पालिका सिकिमसंग नजिक रहेको र यो पालिकाले अरु पालिकालाइ पनि पाल्न सक्ने बताउनु भयो।

फाल्गुनन्द गाउँ पालिका अध्यक्ष बृजहाङ्ग आङदेम्बेले समृद्ध सम्मुनत पालिका बनाउनु हुनेछ भन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो।

हिलिहाङ गाउँ पालिका अध्यक्ष समर अधिकारीले
स्वास्थ्य मन्त्री इनर्जेटिक मन्त्री हुनुहुन्छ। हामीले उहाँ जतिको मन्त्री पाउनु हाम्रो लागि गौरवको बिषय भएको बताउनु भएको छ।

पुर्ब माननीय सीता थेबेले फालेलुङ्को विकटता सिंहदरबारले प्रत्येक्ष देखेको छ।अब सिंहदरबारले सहयोग गर्नेछ भन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो।

नेपाली काङ्ग्रेस झापा जिल्ला सभापति देउमान थेबेले बिकेन्द्रीत गरेर संघको अधिकार गाउँ-गाउँ मा ल्याएको बताउनुभयो।

स्वास्थ्य जनसंख्या मन्त्री प्रदिप पौडेलले मौलिकता झलकाउने भवन र बस्तुहरु हुनुपर्ने थियो त्यसले छुट्टै पहिचान दिनेथ्यो तर पनि ठिक्कै छ।मैले सक्ने र गर्नुपर्ने कुरा म यो पालिकाको लागी गर्न तयार छु ।त्यसको लागि जति बेला पनि आफुलाइ सम्झन सक्ने बताउनु भएको छ।

त्यस्तै पौडेलले आज धुलो खाइदै आयो अब जादा पनि त्यही धुलो खादै जाने हो तर अब अर्को पटक आउदा यो बाटो कालो पत्रे हुनुपर्छ यस विषयमा मेरो ध्यानाकर्षण भएको छ।म संघमा यो कुरा राख्छु पालिकाको आम जनताहरु आश्वस्त रहनुहोला।अब म यहाँ बाट काठमाडौ पुगेपछी आफुले डाक्टर पठाउने काम गर्ने बताउनु भयो।

कार्यक्रमको सभापतित्व गाउपालिका अध्यक्ष वीर बिक्रम थाम्सुहाङ्ले गर्नु भएको थियो भने पालिका उपाध्यक्ष महेन्द्र हाङ जबेगुले स्वागत मन्तव्य राख्नु भएको थियो।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नु भएको थियो भने विशेष अतिथिमा फाल्गुनन्द गाउँ पालिका अध्यक्ष बृजहाङ्ग आङ्देम्बे,हिलिहाङ गाउँपालिका अध्यक्ष समर अधिकारी, जिल्ला समन्वय समितिको प्रमुख,जिल्ला सिडियो,पुर्ब माननीय सीता थेबे,पुर्ब पालिका अध्यक्ष सन्च कुमार केरुङ ,वडा अध्यक्ष लगायत विभिन्न राजनैतिक दलको प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

कार्यक्रम संचालन गाउँपालिका शिक्षा शाखा कृष्ण रिमालले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित