जम्बु कस्मिरको बान्दिपोरा क्षेत्रमा शुक्रबार सुरक्षाकर्मी र शसत्र समुह बीच भिडन्त

१२ बैशाख शुक्रबार बिराटनगर

समाज रुपान्तरण.डटकम


काठमाडौं : जम्मु–कश्मीरको बान्दीपोरा क्षेत्रमा शुक्रबार सुरक्षाकर्मी र सशस्त्र समूहबीच भिडन्त भएको छ। भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाको पुष्टि गरेको छ।

सेनाको जानकारीअनुसार, विशेष सूचनाका आधारमा भारतीय सेना र जम्मु–कश्मीर प्रहरीले कोल्नेर अजस क्षेत्रमा संयुक्त अपरेशन थालेका थिए। सोही क्रममा सशस्त्र व्यक्तिहरूसँग मुठभेड सुरु भएको हो।

सुरक्षा निकायका अनुसार मुठभेड अझै जारी छ। यसअघि बिहीबार उधमपुरमा भएको अर्काे झडपमा एक सैनिकको ज्यान गएको थियो।

त्यसअघि मंगलबार पहलगाममा भएको आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित