बिहानी युवा क्लबद्वारा “हाम्रो बाटो, हाम्रो जिम्मेवारी” नारामा सडक सरसफाइ अभियान तीब्र रुपमा अगाडी बढाईदै:  

 


बिहानी युवा क्लबद्वारा “हाम्रो बाटो, हाम्रो जिम्मेवारी” नारामा सडक सरसफाइ अभियान तिब्र रुपमा अगाडी बढ्दै: 

सुकेआहाल, सहिदभुमी धनकुटा 
स्थानीय बिहानी युवा क्लबको नेतृत्वमा सुकेआहालमा सञ्चालनमा रहेको सडक सरसफाइ तथा संरक्षण अभियानले दशौँ दिन पार गरेको छ। “हाम्रो बाटो, हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित क्लबले एक्ले वरदेखि मार्घसम्मको करिब ५ किलोमिटर क्षेत्रफलमा दैनिक श्रमदानमार्फत सरसफाइ कार्य गर्दै आएको छ।

शुक्रबार सम्पन्न दशौँ दिनको अभियानले गाउँपालिकाको मुख्य प्रवेशद्वारसम्मको सडक खण्ड सफा गरेको हो। बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अभियानमा क्लबका पदाधिकारीसँगै वडा नम्बर ६ का अध्यक्ष हेमकुमार राई, गाउँपालिका अध्यक्ष मनोज राई तथा स्थानीय समाजसेवी केशव राईको सक्रिय उपस्थिति रह्यो।

समाजसेवी राईका अनुसार दैनिक ५० जना भन्दा बढी स्थानीय बासिन्दा स्वस्फूर्त रूपमा श्रमदानमा सहभागी भइरहेका छन्। उनका अनुसार गत वर्षको बाढी र निरन्तरको वर्षाले क्षति पुगेका सडक खण्डहरूमा माटो हटाउने, ढल सफा गर्ने तथा झाडी र झारपात हटाउने कार्य प्राथमिकतामा राखिएको छ।

स्थानीय बासिन्दाहरूले सडक संरक्षणका लागि सरकारको भरमा मात्र नपरी समुदाय आफैँ जुट्नुपर्ने सन्देश समेत दिएका छन्। यसै क्रममा, ठाकुरदेवी माध्यमिक विद्यालयकी शिक्षिका मनकुमारी राईले अभियानमा संलग्न स्वयंसेवकहरूलाई ५० थान टि–सर्ट वितरण गरिन्। उनले युवाहरूको सक्रियता र सामाजिक उत्तरदायित्वप्रतिको लगाव प्रशंसनीय रहेको बताइन्।ढिस्को हटाउने, जंगल फाँड्ने, सडक छेउका साना बिरुवा र झारपात हटाउने कार्य समेत निरन्तर भइरहेको छ। सहभागीहरूले यस्तो अभियान समुदायको स्वामित्वमा निरन्तर सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित