असोक यादब पक्राउ प्रकरण
जसपा नेपालका मधेस-प्रदेश अध्यक्ष तथा पुर्ब प्रदेश सांसद असोक यादबलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी गरेको छ । यसपछि सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले यादवलाई पक्राउ गर्न जिल्लाका सम्पुर्ण युनिटहरुलाई तयारी अबस्थामा राखेको छ र मोबाइल ट्रयाकिङ मार्फत खोजी कार्य तीब्र पारिएको छ ।
गालीगलौजको अडियो सामाजिक संजालमा सार्बजनिक भएपछि यादबलाई पक्राउ गर्न गएका प्रहरीमाथी ढुंगामुढा,गाडी तोडफोड, र सार्बजनिक बाटो अबरुद्ध गर्ने जस्ता गतिविधि भएका थिए । सरकारी गाडीमा क्षति पुर्याएको, प्रहरीको काममा अबरोध गरेको, र सार्वजनिक शान्ति बिथोलेको जस्ता आरोप यादबमाथी लगाईएको छ । प्रहरीको प्रतिबेदनका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।











Discussion about this post