फाल्गुनन्दमा स्वास्थ्य सेवाको नयाँ युग : आधारभूत अस्पतालबाट औपचारिक सेवा सुरू, जनतामा उत्साह:

फिदिम, पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासमा अर्को ऐतिहासिक फड्को मारेको छ। गाउँपालिकाको पहलमा निर्माण सम्पन्न भएको फाल्गुनन्द आधारभूत (१५ शैय्या) अस्पताल बाट औपचारिक रूपमा स्वास्थ्य सेवा सुरू भएसँगै स्थानीय बासिन्दाहरूमा खुसी छाएको छ।


विगतमा सामान्य उपचारका लागि समेत जिल्ला सदरमुकाम तथा झापा, धरान, विराटनगरसम्म धाउनुपर्ने बाध्यता भोग्दै आएका फाल्गुनन्दवासी अब आफ्नै गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। अस्पताल सञ्चालनमा आएपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक उपचार, प्रयोगशाला सेवा, औषधि वितरण लगायतका आधारभूत स्वास्थ्य सेवाहरू सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनबाट जनताको अत्यधिक विश्वास र समर्थनका साथ निर्वाचित भएका गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे को नेतृत्वमा फाल्गुनन्द गाउँपालिकाले विकासको क्षेत्रमा उल्लेखनीय फड्को मारेको स्थानीयहरूको भनाइ छ। अध्यक्ष आङ्देम्बेले गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद तथा भौतिक पूर्वाधारका क्षेत्रमा एकसाथ काम अघि बढाएका छन्।
गाउँपालिकाको आधुनिक प्रशासनिक भवन निर्माण, विद्यालयहरूको स्तरोन्नति, गुणस्तरीय शिक्षाको विस्तार, कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम, युवाहरूका लागि खेलकुद तथा मनोरञ्जनका अवसर सिर्जना, पर्यटन प्रवर्द्धन तथा सडक लगायतका पूर्वाधार विकासका योजनाहरूले फाल्गुनन्द गाउँपालिकाको स्वरूप नै परिवर्तन हुन थालेको स्थानीयहरू बताउँछन्।

विशेषगरी स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरणसहित अस्पताल सञ्चालनमा आउनु गाउँपालिकाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले ग्रामीण क्षेत्रका नागरिकलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास लिइएको छ।

स्थानीय नागरिकहरूका अनुसार अहिले गाउँपालिकाले जनताको घरआँगनमै सेवा पुर्‍याउने काम गरिरहेको छ। “स्थानीय सरकार भनेको साँच्चिकै हाम्रो नजिकको सरकार रहेछ भन्ने अनुभूति भएको छ। पहिले सामान्य सेवाका लागि धेरै दुःख पाइन्थ्यो, अहिले अधिकांश सेवा आफ्नै पालिकामा पाइन्छ,” स्थानीयवासीहरूको भनाइ छ।

विकास निर्माणका विविध आयाममा देखिएको सक्रियता, पारदर्शी कार्यशैली र जनमुखी कार्यक्रमहरूका कारण फाल्गुनन्द गाउँपालिका अहिले पाँचथर जिल्लाकै नमुना स्थानीय तहको रूपमा चिनिन थालेको छ। गाउँपालिकाको समृद्धि, सेवा प्रवाहको प्रभावकारिता र जनताको बढ्दो सन्तुष्टिले आगामी दिनमा फाल्गुनन्दलाई अझ उन्नत र व्यवस्थित पालिकाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

फाल्गुनन्द आधारभूत अस्पताल सञ्चालनमा आउनु केवल एउटा स्वास्थ्य संस्था उद्घाटन मात्र नभई गाउँपालिकाको समग्र विकास यात्राको महत्वपूर्ण उपलब्धि र स्थानीय जनताको लामो समयदेखिको चाहनाको परिपूर्ति भएको सरोकारवालाहरूले बताएका छन्।

#FalgunandaGaunpalika #BasicHospital #HealthService #Panchthar #BrijahangAngdembe #LocalGovernment #Development #QualityHealthCare #KoshiProvince #NepalNews #RuralDevelopment #HealthForAll #FalgunandaModelPalika #PanchtharDevelopment

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित