पाँचथर प्रतिनिधि सभा निर्वाचन परिणाम,केरुङ बिजय

पाँचथरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणनामा नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ विजयी भएका छन्। केरुङले १७,२३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीलाई पछि पार्दै विजय हासिल गरेका हुन्।

निर्वाचनमा नेकपा एमालेका आईन्द्र सुन्दर नेम्वाङले १४,५३५ मत प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका हस्तराज सेर्माले १४,७३४ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हर्क बहादुर नेम्वाङले ११,४४३ मत प्राप्त गरेका छन्।

विजयी उम्मेदवार केरुङ नेपाली काङ्ग्रेसका पाँचथर जिल्ला सभापति समेत हुन्। उनी हाल पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित