काठमाडौं/आसन्न निर्वाचनलाई लक्षित गर्दै मोरङ क्षेत्र न.३ प्रतिनिधि सभाका नेकपा एमाले पार्टीबाट प्रत्येक्ष तर्फका उम्मेदवार बनेका इरन कुमार राईले घरघरमा पुगेर मत माग्ने अभियानलाई तीव्र बनाएका छन्।
जनताको विश्वास र आवाज बोकेर अघि बढिरहेका राई हाल मुस्लिम समुदायको बसोबास रहेका क्षेत्रहरूमा केन्द्रित भएर प्रत्यक्ष भेटघाट तथा संवादमा जुटेका छन्।

मतदाता भेटघाटका क्रममा राईले शिक्षा, रोजगारी, सामाजिक न्याय, धार्मिक सहिष्णुता र समावेशी विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा रहेको स्पष्ट पारे। सबै समुदायको समान अधिकार र सम्मान सुनिश्चित गर्ने नीति आफ्नो प्राथमिकता भएको उनले बताए।
मुस्लिम समुदायका अगुवा, समाजसेवी तथा स्थानीय मतदाताहरूले इरन कुमार राईलाई सरल, सुन्ने र सबै समुदायलाई जोड्ने उम्मेदवारको रूपमा मूल्यांकन गरेका छन्। उनीहरूले विकास, सहअस्तित्व र समावेशी प्रतिनिधित्वका लागि राई उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरेका छन्।

घरघरमा पुगेर मत माग्ने क्रममा उम्मेदवार राईले निर्वाचन जनताको आवाजलाई राज्यसत्तासम्म पुर्याउने लोकतान्त्रिक माध्यम भएको उल्लेख गर्दै जिम्मेवार र सचेत मतदान गर्न अपिल गरे।


















Discussion about this post