ताप्लेजुङमा रोचक भिडन्त,नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार “पराग” अग्रपन्थीमा छन

ताप्लेजुङमा प्रतिनिधि सभा निर्वाचनको माहोल दिनप्रतिदिन तातेको छ। मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरूबीचको भिडन्त यसपटक निकै रोचक बनेको छ।


गजेन्द्र प्रसाद तुम्याङ्ग नेपाली काङ्ग्रेसका तर्फबाट मैदानमा छन् भने क्षितिज थेबे नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवारका रूपमा चुनावी दौडमा छन्। त्यस्तै, खेल प्रसाद बुढा क्षेत्री नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्, जसलाई “पराग” नामले पनि चिनिन्छ।

यीमध्ये पछिल्लो समय खेल प्रसाद बुढा क्षेत्री चर्चाको केन्द्रमा देखिएका छन्। उनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् र गाउँ–बस्तीमा पुगेर आफ्ना धारणा खुला रूपमा राखिरहेका छन्। स्थानीय मुद्दा, रोजगारी, कृषि, पूर्वाधार र युवाको भविष्यबारे स्पष्ट अडान प्रस्तुत गर्दै उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

उनको अभियान शैली केही फरक देखिएको छ। ठूला सभा भन्दा साना भेटघाट र प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उनले जनताको घरदैलोमै पुग्ने रणनीति अपनाएका छन्। यसले विशेषगरी युवापुस्ता र पहिलो पटक मतदान गर्ने मतदातामाझ उत्साह देखिएको छ।

उता अन्य उम्मेदवारहरूले पनि आ–आफ्नो चुनावी कार्यक्रमलाई तीव्र बनाएका छन्। दलगत संरचना, विगतको योगदान र संगठनात्मक बलका आधारमा प्रतिस्पर्धा झनै कडा बन्दै गएको छ।

ताप्लेजुङमा यसपटकको प्रतिस्पर्धा केवल दलबीचको मात्र नभई उम्मेदवारको व्यक्तिगत छवि, सक्रियता र जनसम्पर्क क्षमताको परीक्षणका रूपमा हेरिएको छ। आगामी परिणामले स्थानीय राजनीतिक दिशामा महत्वपूर्ण सन्देश दिने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित