सस्कार सस्कृतिमा अगाडी बढ्दै चैनपुर नगरपालिका , चैनपुरमा नि-शुल्क नौमतीबाजा वितरण:

सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिकाले यहीँ असोज – ४ गते शुक्रबारका दिन चौथोपटक नौमतीबाजा नि-शुल्क रूपमा वितरण गरेको छ ।
नगरप्रमुख: कृष्ण बहादुर तामाङको सकृयतामा नयाँ र पुराना स्थानीय सिपको संरक्षण तथा सम्बर्धन गर्नका लागि स्थानीय सरकारले यस् प्रकारका लोपहुँदै गैईरहेको नौमतीबाजा बाध्य-बादनहरुको संरक्षण गर्न लागिएको चैनपुर नगरपालिकाका नगरप्रमुख: मेयर – कृष्ण बहादुर तामाङले बताए ।

यस् पटक भने चैनपुर नगरपालिका वडा न: ६ डागिगाउँ सिम्लेका पन्चेबाजा समुहलाई नौमतीबाजा वितरण गराईएको हो । यस् पालिकाले यस् अघि ०८० सालमा चैनपुर – ३ कटुवा भन्ने स्थानमा र चैनपुर – ६ को बोधी जागृती महिला समुहलाई नौमतीबाजा उपलब्ध गराएको थियोे भने, ०७९ मा पनि पहिलोपटक चैनपुर नगरपालिका वडा न: १० हात्तीसुडेमा एकसेट नौमतीबाजा पालिकाले वितरण गरेको थियोे ।

चैनपुर नगरपालिकाले नि-शुल्क रूपमा नौमतीबाजा उपलब्ध गराउदै आईरहेपछि सोही पालिका भित्र गत शुक्रबार मात्रै चैनपुर डागिगाउँ सिम्लेमा १२ बर्ष अगाडी बाट नौमतीबाजा बजाउन छाडेको दर्जी टाेल पुरानै सिप र पुरानै पेशामा फर्किने कोशिस गरिरहेको छ ।
सोही स्थानीय गाउँ सिम्ले समूह नौमती बाजा पाएर खुशीले पालिकाको प्राङ्गणमा उभिएर गाउँका स्थानीय खड्ग बर्देवा,टेक बहादुर सुन्दास,नैन बहादुर दलित लगायतले नौमती बाजागाजा बजाउदै पालिकाको प्राङ्गण भरी नाचे भने स्थानीयहरु हर्ष उल्लास मनाउदै सिम्ले समुहका सम्पुर्ण सदस्यीय तथा स्थानीयहरुले समेत खुशी व्यक्त गरे ।

साथमा लोप-उन्मुख हराउदै गैईरहेको नौमतीबाजाका गर्‍आ,बेठि लगायत विभिन्न प्रकारका नाचहरु छमछमि नाचेर समेत हर्ष उल्लास मनाउदै खुशी एकाअर्कामा साटासाट गरे ।
सस्कार सस्कृती विभिन्न जातजाति अनुसार आफ्नो पहिचान संरक्षणका लागि भनेर चैनपुर नगरपालिकाले यस् अघि पनि विभिन्न ठाउहरुमा विभिन्न बेग्लाबेग्लै समुहहरुलाई सहयोग गर्दै आईरहेको छ ।

राई जातिहरुका लागि चण्डि-साकेला सिलि नाचका लागि समेत चैनपुर नगरपालिका वडा न: १० को हात्तीसुडे समुहलाई समेत आबस्यक पर्ने बाजागाजा खरिद गर्न केही आर्थिक रकम सहयोग समेत प्रदान गरेको थियोे । नेपाल तामाङ घेदुङ सघ चैनपुर – ६ भञ्ज्याङ् खर्कको समुहलाई समेत डम्फु नाचका लागि आबस्यक पर्ने बाजागाजा खरिदमा केही आर्थिक रकम सहयोग पालिकाले गरेको र अरु समुदायका समुहहरुले पनि निवेदन गरेमा स्थानीयहरुका लागि आफ्नो पहिचान झल्काउने र सस्कार – सस्कृती जोगाउन र संरक्षण तथा सम्बर्द्धन गर्नका लागि पर्ने बताउदै चैनपुर नगरपालिकाका नगरप्रमुख: मेयर – तामाङले बताए ।

साथै मेयर तामाङले भजन-कृतन टाेलिका लागि खैजडि-मादल लगायतका बाध्य-बादन सामाग्रीहरु खरिद गर्नका लागि समेत मौखिक रूपमा आफ्ना पालिकाबासी विभिन्न जातजातिहरुको सस्कार सस्कृती जोगाउन समेत हौसला उत्प्रेरित समेत नगरप्रमुख: तामाङले स्थानीय विभिन्न जातिय संघ-सस्थाहरुलाई लक्ष्यित गर्दै आ-आफ्नो मौलिकता लाई बचाउदै आफ्नो कला-कौसलता,सिपलाई उत्थान गर्दै लैजाने उनले समाज रुपान्तरण डटकम लाई समेत बताए । अहिले चैनपुर नगरपालिकाका नगरप्रमुख:मेयर – कृष्ण बहादुर तामाङ आफ्नो नेपाली मौलिकता र आफ्नो भासा सस्कार सस्कृती जगेर्ना गर्न निकै तमतयार देखिदै आईरहेको सोही स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित