सुनसरी सम्बादाता
/ अविरल बर्षाको कारण कोशी नदीमा बाढीको अत्याधिक वहाव बढ्दो भएपछि कोशी ब्यारेजमा पैदलयात्रीलाई समेत खतरा हुनबाट जोगाउन रोक लगाईएको छ । पानीको बहाव ५ लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि पैदलयात्रीलाई पनि रोक लगाइएको हो । कोशीको बाढीको यो बहाव ३७ वर्षयताकै उच्च तहको बताएको हो ।
यस् अघि शनिबार दिउँसो ३ बजे ५ लाख ३१ हजार क्युसेक बाढी मापन भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यलयले एक सुचना जारी गरी सो जानकारी गराएको हो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिससमेत आवतजावत गर्न नपाउने उल्लेख छ ।
प्रशासनले वैकिल्पक बाटो प्रयोग गर्न भनेको छ । कोशीको चतरा खण्डमा अर्को पुल छ। उदयपुर हुँदै सवारीसाधनहरू चतराबाट दक्षिण झरेर पूर्व पश्चिम राजमार्गको इटहरी निस्कन सक्छन् ।
शनिबार कोशीमा बाढीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी ब्यारेज प्रशासनले जानकारी दिएको छ । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो ।
व्यारेजमा बाढीको बहाव बढ्दो रहेको सुनसरी प्रहरीले जनाएको छ । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ । बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।
भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।
कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थित जल संशाधन विभागले ब्यारेजमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने बताएको थियो । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भन्दै विभागले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा सतर्कता अपनाउन भनेको छ ।



















Discussion about this post