रामप्रसादराई गाउँपालिकाले विविध व्यक्तित्वहरुलाई सम्मान गरेको छ। आ.ब.२०८०/०८१ को सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर विभिन्न बिधाहरुमा जस्तै उत्कृष्ट किसान, शिक्षक, कर्मचारी,स्वास्थ्य कर्मी, बिद्यार्थी र टोल विकास संस्थालाइ नगद रु. १००००।- (अक्षरेपी दस हजार ) सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको छ। गाउँपालिकाको बजेट निति तथा कार्यक्रममा समावेस भए अनुसार गाउँ कार्यपालिकाको बैठकको निर्णय द्वारा विविध व्यक्तित्वहरुलाइ सम्मान गर्न वडा अध्यक्ष जोगेन्द्र राईको संयोजकत्वमा बनेको समितिले छनौट गरि सिफारिस गरेपछि सम्मानित भएका हुन।

पशुपालक किसान तर्फ वडा नं. ४ दलगाउका बिष्णु कुमार कार्कि, माहुरी पालक तर्फ दलगाउकै धन बहादुर राई, उत्कृष्ट आलु उत्पादक तथा जडिबुटीमा वडा नं. १ ओख्रेका राज कुमार राई,लाङ्घाली टोल विकास संस्था वडा नं. २ धोद्लेखानी, SEE मा उत्कृष्ट GPA ल्याउन सफल साधारण धार तर्फ साबित्रा माध्यमिक बिद्यालयका छात्रा सरु राई २.९४, नवदुर्गा मा.बि. दलगाउका छात्र सन्देश सुबेदि ३.३२ र प्राविधिक धार तर्फ पन्चकान्या मा.बि. भुल्के का छात्रा भुमिका भट्टराई ३.२२, शिक्षक तर्फ प्राथमिक बिद्यालय जुनेलि आ.बि. का उत्तम राई, आ.बि तर्फ शिंहेश्वरी मा.वि.का सपना राई, मा.बि. तर्फ पन्चकन्या मा.बि का रोशन कुमार कार्की, उत्कृष्ट स्वास्थ्य कर्मी आधारभुत स्वास्थ्य चौकि खोक्सिकका अहेब तारा प्रधान, उत्कृष्ट कर्मचारी तर्फ पालिकामा कार्यरत श्रेणिबिहिन कर्मचारी बिष्णु कुमारी राई र सब- ईन्जिनियर सरोज श्रेष्ठ कार्यक्रमका बिच सम्मानित भए।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिरेन्द्र राईले गाउँपालिकाको समग्र बिकास र समृद्धि हासिल गर्न प्रोत्साहित गर्नलाइ सबै क्षेत्रका उत्कृष्ट व्यक्तित्व सम्मान गरिएको बताउनु भयो भने गाउँपालिका अध्यक्ष थाम बहादुर राईले सबै क्षेत्रको गुणस्तर वृद्धि गर्दै किसान कृषि र उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, शिक्षामा गुणस्तर, स्वास्थ्य नागरिक गाउँपालिकाको मुख्य धन, मज्बुत र गुणस्तरीय भौतिक पुर्वाधार सबै क्षेत्रको अपनत्व साथै जिम्मेवार बानाउदै आम नागिकहरुलाई डोर्याउदै समृद्धिको बाटोमा हिडाउन नयाँ संस्कार बिकासको निमित्त सबै क्षेत्रलाइ समेटेर प्रोत्साहन तथा सम्मान गरेको बताउनु भयो अन्तमा नयाँनयाँ कार्यक्रमहरु नागरिक सामु प्रस्तुत गर्दै अझ निखारता ल्याउदै पालिकालाइ समृद्धिको बाटोमा हिडाउन भरपुर कोशिस गर्ने बताउनु भयो।



















Discussion about this post