हतुवागढिमा बृहत १४ दिने महोत्सव हुने

भोजपुर, कात्तिक – ०२

अभिषेक बान्तवा राई

बिराटनगर – कोशि प्रदेश

। पर्यटन प्रवद्र्धनको लागि बृहत्त हतुवागढी महोत्सव हुने भएको छ । यस गाउँपालिका भित्रको कृषि  पर्यटनसँगै स्थानीय जातजातीको संस्कार संस्कृतिको प्रचारप्रसारको लागि कार्तिक ३ देखी १७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । हतुवागढी गाउँपालिकाको प्रायोजन तथा उद्योग बाणिज्य संघ घोडेटार शाखाको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो ।

 

महोत्सवको लागि गाउँपालिकाले रु.३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।महोत्सवको अवसरमा एक सय ५३ मिटर उचाईमा रहेको जिल्लाको सवैभन्दा होचो स्थल माइबेँनीबाट हतुवागढीको एक हजार ८६५ मिटर उचाई रहेको सवै भन्दा अग्लो स्थान संखाम जोर आहाल हुँदै घोडेटार बजारसम्म करिव २६ किलोमिटर दौड प्रतियोगितासमेत सञ्चालन हुने अध्यक्ष राईले समाज रुपान्तरण डटकमलाई बताउनुभयो । पर्यटन क्षेत्रको प्रबर्द्धनका लागि दौड प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

“पर्यटनको विकाससँगै हतुवागढी गाउँपालिका भरिको उजागरको लागि महोत्सवको आयोजना गरेका हौ” अध्यक्ष राईले भन्नुभयो,“यो अवधिमा साँस्कृतिक कार्यक्रमसँगै विभिन्न जातजातीको संस्कार,संस्कृतिको उजागर हुनेछ । यसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हेतुले  हामीले अपेक्षा लिएका छौँ ।”
महोत्सवको अवसरमा यहाँको कृषि पर्यटन समेतको प्रर्दशनी हुने गाउँपालिकाले जनाएको छ । यहाँका रैथाने परिकारसँगै स्थानीय संस्कार संस्कृतिको प्रर्दशनी हुने गाउँपालिका अध्यक्ष राईले जानकारी  गराए ।

 

स्थानीय संस्कार,सस्कृतिको संरक्षणको लागि मारुनी, स्यामुना सिली, लाखे नाच, हुर्रा नाच, डम्फु नाचलगायतको प्रर्दशनी हुने उहाँले जानकारी दिनुभयो । महोत्वसको अवसरमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त  कलाकारहरुको समेत बेजोड प्रस्तुति र  उपस्थिति रहने आयोजक टिमले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित