भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा टेम्के मैयुङ गाउँपालिका ब्याडमिन्टन सङ्घको आयोजनामा सञ्चालन हुन लागेको ब्याडमिन्टन प्रतियोगिता आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।
प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुद संस्कृतिको विकास, युवा पुस्तालाई खेलप्रति आकर्षित गर्ने र आपसी भाइचारा तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। निष्पक्ष र मर्यादित प्रतिस्पर्धाका लागि निर्णायक मण्डल, आयोजक टोली तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका छन्।
यस अवसरमा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, निर्णायक, आयोजक, स्वयंसेवक तथा खेलप्रेमी महानुभावहरूलाई सफल, सभ्य र प्रेरणादायी प्रतियोगिताको हार्दिक शुभकामना व्यक्त गरिएको छ।













Discussion about this post