कात्तिक ०३ सनिवार २०८१
“”पथरी सडक–खण्ड सुविधासम्पन्न हुनुपर्नेमा जोड
पथरी, कार्तिक ३ गते सनिवार
। पुर्ब पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत पर्ने एशियन हाइवे निर्माणको सिलसिला अघि बढेसँगै पथरी सडक–खण्ड अन्तर्गत ४ लाइन बन्ने चर्चा एकाएक चुलिएको अवस्थामा पथरी उद्योग वाणिज्य संघले यसबारे थप गतिविधि बुझ्न र सुदृढ सडक निर्माणको विषयमा आवश्यक सहकार्य गर्न स्थानीय स्तरमा उपलब्ध सर्वदलीय र सर्वपक्षीय सहभागितामा आज आफ्नै कार्यकक्षमा भव्य बिचार–विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत राजनीतिक दल, स्थानीय सरकारसम्बद्ध जनप्रतिनिधिहरू, सरोकारवाला, सामाजिक एवम् सामुदायिक संघसंस्थाका प्रतिनिधिले आफ्नो गहकिलो रायसुझाव र प्रतिक्रियासहित सहभागिता जनाएका थिए ।
महासचिव अशोक राईले सञ्चालन गर्नुभएको कार्यक्रमका बारेमा उपाध्यक्ष लोकनाथ खरेल कार्यक्रम आयोजनको अनिवार्यतामाथि बोल्नुहुँदै निर्माणाधीन एशियन हाइवेको पथरी–खण्डका बारेमा केही गम्भीर चासो र सरोकारको विषय नागरिक सर्वसाधारणको तहसम्म उठेको हुनाले यसको सत्यतथ्यगत पक्षसँग जानकार हुन पनि सर्वपक्षीय महत्त्वका साथ यससम्बन्धी आवश्यक सहकार्य गर्न यो बिचार–विमर्श कार्यक्रम राखिएको बताउनुभयो ।

वडाध्यक्षहरू क्रमशः प.श.न/पा. वडा न: १ अध्यक्ष: भीमकुमार राई,३ न: अध्यक्ष: विजय लिम्बू, लोककिरण न्यौपाने, वीरबहादुर राई, पूर्व नगरप्रमुख दिलिपकुमार राईलगायतले सम्बोधन गर्नुभएको बिचार–विमर्श कार्यक्रममा राजनीतिक दलको तर्फबाट रमेश दाहाल– नेकपा (एमाले), रुपनारायण भट्टराई– नेपाली काँग्रेस, तुलसी ढकाल– नेकपा एसले आफ्नो तर्फबाट कार्यक्रम आयोजनप्रति दृढसमर्थन रहेको जनाउसहित यसको सराहना व्यक्त गर्दै पथरी छेउछाउका पालिका र शहरबजारभन्दा कुनै पनि मूल्यमा कमजोर हुनु नहुने बताउनुभयो ।
मध्यान्ह २ बजेदेखि आरम्भ भएको बिचार–विमर्श कार्यक्रमले सबै पक्षको सहभागितालाई जोड दिँदै सर्वदलीय र सर्वपक्षीय महत्त्वका साथ केही प्रस्तावहरू सर्वसहमत पास गरेको महासचिव राईले बताउनुभयो ।
अध्यक्ष बस्नेतद्वारा प्रस्तुत र हलबाट करतल ध्वानीका साथ पारित प्रस्तावमा गर्विलो इतिहास बोकेको पथरीलाई कुनै मानेमा कमजोर आँक्न नहुने, इटहरीदेखि पूर्व र दमकदेखि पश्चिमस्थित पालिका र पालिकाअन्तर्गत शहरबजारमा झैं ६ लाइनको सुविधासम्पन्न हाइये हुनुपर्ने, जिरिखिम्ती क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरोकारवालामाझ विषयगत गम्भीरताका साथ बस्नुपर्ने, पूर्वको सुनझोडादेखि पश्चिमको मोरङी खोलासम्मको क्षेत्रलाई पथरी खण्डको रूपमा स्तरोन्नति गर्नुपर्ने, फुटपाथ र ड्रेनको सुव्यवस्थासहित कमसेकम जाँते–पथरी बजार प्रवेशद्वार आकाशे पुल निर्माण हुनुपर्ने र यसका लागि पथरी शनिश्चरे नगरपालिका, तालुकदार परियोजनाको कार्यालय र मन्त्रालयले पहलकदमी र जिम्मेवारी साथ लिनुपर्ने उल्लेख भएको उहाँले जनाउनुभएको छ ।



















Discussion about this post