मेन्छ्यायेम गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

मेन्छ्यायेम गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन २०८२ माघ २६ गते एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले नयाँ प्रशासकीय भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरे।

गाउँपालिकाले एकै छानामुनि प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो भवन निर्माण गरिएको हो। अब नागरिकले आवश्यक सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। स्थानीय विकास, सुशासन र पारदर्शितालाई सुदृढ बनाउने दिशामा यो भवन महत्वपूर्ण आधार बन्ने गाउँपालिकाको भनाइ छ।

कार्यक्रम समापनसँगै भवन सञ्चालनमा आएको घोषणा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित