आमचोक गाउँपालिका ले आर्थिक वर्ष २०८२/८३ को पहिलो र दोस्रो चौमासिक अवधिमा सम्पन्न भएका कार्यक्रम तथा सेवाप्रवाहबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
९ चैत्र २०८२ मा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका विकास निर्माण, सामाजिक सेवा, पूर्वाधार तथा प्रशासनिक गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रमुख प्रशासकिय अधिकृत धनकुमार राईले प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सुनुवाई कार्यक्रममा सहभागीहरूले गाउँपालिकाबाट प्रवाह हुने सेवा, विकास योजनाको प्रभावकारिता, बजेट कार्यान्वयन तथा पारदर्शिताका विषयमा जिज्ञासा राख्नुका साथै सुझाव समेत दिएका थिए।
कार्यक्रममा उठेका प्रश्नहरूको सम्बन्धित पदाधिकारीहरूले प्रत्यक्ष जवाफ दिँदै आगामी दिनमा सेवा प्रवाह अझ प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।गाउँपालिकाले यस्ता कार्यक्रमले स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। साथै, जनताको गुनासा र सुझावलाई सम्बोधन गर्दै विकास कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको गाउपालिका अध्यक्ष अशाेक राईले वताए ।

















Discussion about this post