पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश अधिवेशनअन्तर्गत क्षेत्रगत सदस्य पदमा अत्यधिक मतसहित विजयी भएका डा. रवि मोहन ढकाललाई प्रदेश उपसभापति बनाउने विषयमा पार्टीभित्र चर्चा सुरु भएको छ।
स्थापनाकालदेखि नै संगठन निर्माण, समायोजन प्रक्रिया र एकताको अभियानमा सक्रिय भूमिका निर्वाह गरेका ढकालको उपसभापतिमा दाबेदारी स्वाभाविक रहेको नेताहरूको भनाइ छ। समायोजनको नेतृत्व गर्दै विभिन्न अभियानबाट आएका साथीहरूलाई एकीकृत गर्न सफल भएकाले उनको नेतृत्वलाई संगठनात्मक एकताको प्रतीकका रूपमा हेरिएको छ।
पार्टीभित्र अनुभवी, समन्वयकारी र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको अवस्थामा डा. ढकालको नाम उपसभापतिका लागि बलियो रूपमा अघि बढ्न थालेको बताइएको छ।














Discussion about this post