मोरङ – पथरी-सनिश्चरे । पाचौं मिष्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिता बिजेता प्रकाश राईको हृदयघातका कारण निधनको ५ औं दिनमा आज गृह जिल्ला पथरी-सनिश्चरे नगरपालिका वडा न:१० गुम्बा डाडा पशुपति बन उपभोक्ता समितिको परिसरमा रहेकोे जङ्गलमा किराँत राई मुन्धुम परम्परा अनुसार आज दाह-सस्कार गरियो ।

बुधबार बिहान करिब ६ बजेतिर ४५ बर्षिय राईलाई शरीर छातिमा असहज भएपछि ग्रान्डि अस्पतालमा भर्ना गरिएको थियोे । उक्त उपचाररतको क्रममा ७ बजे तिर उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको थियोे । उनको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको थियोे । फोनिक्स फिट्शालाका राईले गत सनिवारका दिन काठमान्डाैको दशरथ रंगशाला स्थित कभर्ड हलमा सो सम्पन्न भएको प्रतियोगितामा ७५ केजि माथिको तौल समुहमा “मिष्टर काठमाडौंको उपाधी जितेका थिए ।
उनी मोरङ जिल्लाको पथरी-सनिश्चरे नगरपालिका वडा न: १ बजारका बासिन्दा हुन् । उनी टिम म्यानेजरसहित टाेखा नगरपालिका – ६ स्थित ग्रिनल्यान्ड होटेलमा बस्दै आएका थिए भने राईको आज उनको मृत्युको ४ औं दिनमा असोज ५ गते सनिवारका दिन किराँत राई मुन्धुम परम्परा अनुसार करिब १:३० बजे पथरी-सनिश्चरे नगरपालिका वडा न:१० अबस्थित गुम्बा डाडा पुर्ब उत्तरमा पर्ने पशुपति बन सामुदायिकको जङ्गलमा दाह-सस्कार भएको छ ।
उनको जन्म बिक्रम सम्बद २०३६ साल कार्तिक २१ गते बुधबारका दिन कानेपोखरी गा/पा/ वडा न: ५ जहदा मोरङमा जन्मभैई उहाँको मृत्यु बि. स. २०८१ साल असोज २ गते बुधबारका दिन काठमाण्डाैको ग्रान्डि हस्पिटलमा करिब ७ बजेतिर निधन भएको थियोे भने उनको घरपरिवारमा बुवा: बल बहादुर राई,कौशिला माङ्पाहाङ राई,श्रीमती: मिरा राई, छाेरा: प्रज्वल माङ्पाहाङ राई,दाजु: प्रदिप कुमार राई+ भाउजू:आशा राई, भाइ/बुहारी: प्रताप राई+ ज्योति ( गुरुङ ) राई, दिदिबहिनीहरु: मन्जु,अन्जु,मनि,चन्द्रा/भतिजा/भतिजीहरु: सरिना,प्रसिया,सुम्निमा,प्रनोज गरि १ दाजु १ भाइ ४ दिदिबहिनी गरि उनी माईलो छाेराको रुपमा थिए ।
उनको श्रद्वान्जली सभामा पथरी-सनिश्चरे नगरपालिका प्रमुख मेयर: मोहन प्रसाद तुम्बापो,उप-प्रमुख: देबिमाया काफ्ले,वडा न: १ अध्यक्ष: भिम कुमार राई, कोशि प्रदेश सदस्यीय माननीय: श्रीजना राई,फोनिज प्रदेश पुर्ब अध्यक्ष समेत रहेका पत्रकार अर्जुन जम्नेली राई लगायत विभिन्न पार्टीका नेताकार्यकर्ता,बरिस्ठ,बुद्दिजिबी,संघ-सस्था,विभिन्न जातिय सघ-सस्था,पत्रकार,शिक्षक,लगायत करिब २ हजार भन्दा ज्यादाको सङ्ख्यामा उनको मलामी उपस्थिति भएको सोहि वडाका वडा अध्यक्ष: भिम कुमार राईले समाज रुपान्तरण डटकमलाई बताए ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;
सोही श्रद्वान्जली सभामा नगरप्रमुख: मोहन प्रसाद तुम्बापो,लगायत विभिन्न पार्टीका शीर्ष नेताकार्यकर्ताहरुले राईको श्रद्वान्जली सभामा फुलको गुच्छा अर्पण गर्दै समबेदना समेत प्रकट गरेका थिए । उनले समाजमा दिएको योगदान र देशको नाम उच्च राख्नुमा एक उदाहरण बनेर सधैका लागि अस्ताए प्रकाश राई उनले समाजलाई दिएको योगदानका बारेमा सधै पथरीसनिश्चरे नगरबासिहरुले समेत नभुल्ने समेत सोही स्थानीय जनताहरु बताउँछन् ।।


















Discussion about this post