झापामा वर्षाका कारण पाँच घर विस्थापित, दर्जनौँ डुबानमा

दमक । झापामा केही दिनदेखि परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लामा ५ घर विस्थापित बनेको र दर्जनौ‌ धर डुवानमा परेका छन् ।

बिरीङ खोलाको पानी पसी अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नम्बर ६ युवाटोल बस्ने दिपक आचार्य, सीता दुलाल, प्रदिप सिंह र नवीन बराइलीको परिवार विस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । विस्थापित स्थानीय केदार श्रेष्ठको खाली घरमा बसेका छन् ।

बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको विद्यालय हाताभित्र पानी पसेको छ । म३ंगलबार पठनपाठन पनि अवरुद्ध बनेको छ । प्रहरीका अनुसार कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रहरीले वर्षाका कारण भएको क्षतिको स३ंकलन भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित