खोटाङ । रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित रैथाने ज्ञान महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। महोत्सवमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
राम प्रसाद राई गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न महोत्सवमा रैथाने ज्ञान, परम्परागत अभ्यास, स्थानीय उत्पादन र सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शनी गरिएको थियो। कार्यक्रमले स्थानीय पहिचानलाई उजागर गर्नुका साथै पुस्तान्तरणको महत्त्वलाई पनि जोड दिएको आयोजकले जनाएको छ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण सहभागी, अतिथि, कलाकार, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आयोजक समितिले विशेष धन्यवाद तथा आभार व्यक्त गरेको छ।
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता रैथाने ज्ञान केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने जनाएको


















Discussion about this post