कानेपोखरी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा २ मुख्य योजना संचालन हुदैछन् । सञ्चालन हुने योजनाहरूको ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य सुरु भएको छ।
युवा चोक–दलेली–दोहमाना सडक कालोपत्रे आयोजनाको सोमबार विधिवत् रूपमा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की, वडा सदस्य सरस्वती काफ्ले लगायत स्थानीयवासीहरूको बाक्लो उपस्थितिमा कामको सुरुवात गरिएको हो।

कानेपोखरी गाउँपालिकाभित्र चालिसविगे–घलेटोल हुँदै अशोक फ्युल घर पूर्व रमाइलो जोड्ने सडक कालोपत्रे (वडा नं. ७, ५ र ६) तथा युवा चोक–दलेली–दोहमाना सडक कालोपत्रे (वडा नं. ३) गरी दुई वटा आयोजना ठेक्कामार्फत कार्यान्वयनमा गएका छन्।
उक्त युवा चोक–दलेली–दोहमाना सडक आयोजनाको ठेक्का सुनवर्षी जे.भी. कानेपोखरीले २ करोड ३८ लाख ७३ हजार ७ सय रुपैयाँमा सम्झौता गरेको छ, जसको निर्माण अवधि २०८३ सालसम्म रहनेछ। त्यस्तै, चालिसविगे–घलेटोल हुँदै अशोक फ्युल घर पूर्व रमाइलो जोड्ने सडक कालोपत्रे आयोजनाको ठेक्का २ करोड ५० लाख ५४ हजार ८ सय ९० रुपैयाँमा सुजल–विवि जे.भी. इलामले प्राप्त गरेको छ, जसको म्याद जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यी सडक कालोपत्रे आयोजना सम्पन्न भएपछि वर्षेनी खाल्डाखुल्डीका कारण आवतजावतमा देखिँदै आएको समस्या अन्त्य हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। विकास निर्माणले सहज यातायात सुनिश्चित हुने भएकाले स्थानीय जनता अत्यन्तै हर्षित भएका छन्। यस्तै पालिकाका अन्य थुप्रै खानेपानी , प्रशासकीय भवन , कानेपोखरी अस्पताल निर्माण लगायत बाटा र कल्भर्टहरु निर्माण का चरण मा रहेका छन ।


















Discussion about this post