सहिद भुमी गाउँपालिकाको विवरण

नेपालको संविधानले राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनाबाट हुने व्यवस्था गरी छुट्टाछुट्टै एवम् साझा अधिकारहरु निर्धारण गर्दै स्थानीय तहलाई अधिकार सहित साधन
श्रोतको सुनिश्चितता प्रदान गरिएको छ । यस्तो संवैधानिक व्यवस्थाहरुबाट स्थानीय सरकारलाई जनताको नजिक पु¥याई शक्ति र श्रोतमाथि नागरिकको पहुँच स्थापित गर्दै विकास तथा सेवा प्रवाहमा स्थानीय सहभागिता एवं स्वामित्व कायम हुने अवस्थाको स्पष्ट कानूनी आधार तयार भएको छ । यसबाट जनतालाई वास्तविक रुपमै सार्वभौमसत्ता सम्पन्न तुल्याई शासनमा उनीहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता प्रदान गर्दै लोकतन्त्रलाई स्थानीय तहदेखि नै संस्थागत र मजबुद बनाउने अवसर प्राप्त भएको छ । उल्लेखित सवैंधानिक व्यवस्थाहरुबाट स्थानीय तहहरु अब कार्यमूलक स्थानीय सरकारको रुपमा स्थापित हुन सक्ने स्पष्ट आधारहरु खडा भएका छन् ।


उपरोक्त संवैधानिक व्यवस्था अनुसार गाउँपालिकाले अल्पकालीन वा दीर्घकालीन योजना तथा कार्यक्रम तर्जुमा गर्दा बदलिँदो परिस्थिति अनुकूल बैज्ञानिक ढंगले मागको समानुपातिक रुपमा सम्बोधन गर्दै जानु पर्ने हुन्छ । जसका लागि कुन स्थानको वर्तमान अवस्था के छ ? अर्थात हालसम्मका विकासका पूर्वाधारहरुले गाउँका कुन कुन स्थानलाई समेटेको छ ? भन्ने जस्ता कुराहरु थाहा पाउन हामीलाई भरपर्दो विवरणको आवश्यक पर्छ । यस्ता विवरणहरु सहज रुपमा उपलब्ध हुन गाउँपालिकाको वस्तुस्थिति विवरण संकलन तथा विश्लेषण हुनु जरुरी छ ।

गाउँपालिकाको वस्तुस्थिति विवरण भन्ने वित्तिकै त्यस क्षेत्रभित्रको वास्तविक अवस्थाको विस्तृत विवरण हो जसलाई तथ्याङ्किय, भाषागत वा अन्य आवश्यकता अनुसारका ढाँचामा राखिन्छ ।

स्थानीय तहको रुपमा स्थापित यो गाउँपालिका आम जनताको पहिलो सरकारको रुपमा क्रियाशील रहने तह भएकाले यसक्षेत्र भित्रका सूचना तथा अन्य विवरणहरु दुरुस्त राख्नु गाउँपालिकाको पहिलो दायित्व हुन जान्छ । कुनै पनि स्थानीय तहको क्षेत्रफल, जनसंंख्या लगायत सेवा सुविधाहरुको अवस्था, भौतिक पूर्वाधारहरुको अवस्था, विगतमा पूरा गरेका सामाजिक उत्तरदायित्वका अवस्था लगायत अन्य विवरणहरुको संकलन नै वस्तुस्थिति विवरण हो, जुन एउटा पूर्वनिश्चित ढाँचामा तयार गरिन्छ । अझ यसलाई विस्तृत रुपमा भन्नु पर्दा सेवा केन्द्रहरुको अवस्था, स्थान, सडक पहुँचको अवस्था, शैक्षिक संस्थाहरुको अवस्थिति र तिनीहरुले पु¥याउने सुविधा, खानेपानीको उपलब्धताको अवस्था, सम्भाव्यता आदि यावत कुराहरु वस्तुस्थिति विवरण भित्र संकलन गरिने कुराहरु हुन् ।

यसरी तयार भएको यो वस्तुस्थिति विवरणले हामी गाउँपालिका स्वयंलाई आगामी दिनमा योजना तथा कार्यक्रम तर्जुमा गर्नमा ठूलो मद्दत पुग्नेछ । यसैगरी अध्ययन अनुसन्धानकर्ता, विद्यार्थी लगायत अन्य जो कोहीलाई पनि गाउँपालिकाबाट उपलब्ध गराईने आद्यावधिक तथ्याङ्क नै आधिकारिक तथ्याङ्क हुने भएकाले यो वस्तुस्थिति विवरण सबैलाई उपयोगी हुन सक्छ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा यो वस्तुस्थिति विवरण तयार गर्ने सिलसिलामा यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु लगायत जिल्लास्थित विभिन्न विषयगत कार्यालयहरुमा पुगी आवश्यक विवरण संकलन गर्ने कार्यमा सहयोग पु¥याउने र समग्र वस्तुस्थिति विवरण तयार गरी यस गाउँपालिकामा बुझाउने शताब्दी रिसर्च सेन्टरका प्रमुख तथा अन्य कर्मचारीहरुलाई वहाँहरुको मिहेनतको कदर गर्दै सबैमा धन्यवाद ज्ञापन गर्दछु ।मनोज राई अध्यक्ष

परिच्छेद–१
सहिदभूमि गाउँपालिका पाश्र्वचित्र

१। पृष्ठभूमिस्थानीय तहको योजना निर्माण गर्नको लागि विभिन्न आधारहरुमध्ये सो स्थानको वस्तुस्थितिको यथार्थ तथ्यहरूको जानकारी हुनु पहिलो र आधारभूत कुरा हो ।

स्थानीय तहको योजना तर्जुमाको लागि आफ्नो क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक अवस्थाको चित्रण हुनुको साथै भौतिक तथा सांस्कृतिक विकास लगायतका विविध पक्षको आधारभूत ज्ञानको आवश्यकता पर्दछ । उल्लिखित तथ्याङ्कको अभावमा व्यवस्थित योजना निर्माण हुन सक्दैन । व्यवस्थित योजनाको अभावमा विकासको प्रतिफल जनताको तहसम्म पुग्न सक्दैन । तसर्थ व्यवस्थित योजना तर्जुमाको लागि सूचना तथा स्थानीय विवरणको सर्वाधिक महत्व हुन्छ । यसका लागि स्थानीय तहको पाश्र्वचित्र महत्वपूर्ण दस्तावेज हुन्छ ।

यसरी कुनै पनि स्थानीय तहको विकास निर्माण तथा योजना तर्जुमाका लागि वास्तविक तथ्याङ्कको जरुरी पर्दछ । यथार्थ विवरणको अभावमा वास्तविक समस्याको पहिचान हुन सक्दैन । श्रोत तथा साधनको उचित वितरण तथा प्रयोग हुन सक्दैन । विकास निर्माणले गति लिन सक्दैन, जसको प्रत्यक्ष असर त्यहाँका जनताको आर्थिक, सामाजिक विकासमा पर्न जान्छ । आजको एक्काइसौं शताब्दीको युग सूचना प्रविधिको युग हो । जसबाट विश्व नै एक सानो गाउँमा सीमित भएको पाइन्छ । विश्वको हरेक व्यक्ति, स्थान र श्रोतबाट सूचना प्रणाली मार्फत छोटो समयमै आपसी संवाद जानकारी तथा सूचना पाउन सकिने अवस्था रहेको छ ।

यसै सन्दर्र्भमा नेपालको संविधानले स्थानीय तहलाई आफ्नो शासन आफैँ गर्न पाउने अधिकार र जिम्मेवारी दिएको छ । यसै सन्दर्भमा हरेक स्थानीय तहले योजना तर्जुमा तथा निर्माण, कार्यान्वयन र अनुगमन एवं मूल्याङ्कन गर्ने कार्यका लागि स्थानीय तहको वस्तुगत विवरण अति आवश्यक रहेकोछ ।

२।गाउँपालिका पाश्र्वचित्र तयारीको औचित्य:
स्थानीय तहको समग्र स्रोत परिचालन, व्यवस्थापन एवं काम कारवाहीमा कार्यकुशलता र प्रभावकारिता अभिबृद्धि गर्ने प्रयोजनका लागि नेपाल सरकार एवम् विकास साझेदारबाट स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारका अनुदान,स्थानीय तहको आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम लगायत स्थानीय तहको कोषमा प्राप्त हुने सबै प्रकारका स्रोत तथा स्थानीय स्रोत साधनलाई एकीकृत र समन्वित गरी स्थानीय संचित कोषको निर्माण गर्नुपर्ने र सो कोषवाट बजेट विनियोजन गर्दा गरिब, महिला, बालबालिका तथा
सामाजिक, आर्थिक दृष्टिकोणबाट पिछडिएका वर्ग र समूदाय एवम् क्षेत्रको समेत पहुँच र स्वामित्व रहने गरी सन्तुलित तवरबाट गर्नुपर्दछ ।

यसरी सन्तुलित रुपमा योजना तर्जुमा,निर्माण र विनियोजन गर्न स्थानीय तहको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक पक्षहरु जानकारी हुनु जरुरी छ । तसर्थ निर्माण भएको यस पाश्र्व चित्रले स्थानीय तहको यथार्थपरक योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रस्तुत पाश्र्वचित्रले गाउँपालिकाले प्रवाह गर्ने सेवा एवम् विकास निर्माण कार्यलाई जनमुखी, जवाफदेही, मितव्ययीता, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दीगो र गुणस्तरयुक्त गराउदै स्थानीय तहबाट नै गरिबी न्यूनीकरण र दीगो विकासको अवधारणालाई संस्थागत गर्ने कार्यमा
सहयोग पुर्याउनु मद्दत गर्दछ ।

धनकुटा जिल्लामा अवस्थित प्राकृतिक एवं सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण यस सहिदभूमि गाउँपालिकाले निर्माण गरेको यस पाश्र्वचित्रले भावी योजना कोर्नमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिइएको छ ।

३।उद्देश्यहरु
▪ सहिदभूमि गाउँपालिकाको तथ्याङ्क एवम् सूचनाहरू सङ्कलन तथा विश्लेषण गर्ने ।
▪ गाउँपालिका भित्रको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको चित्रण गर्ने ।
▪ गाउँपालिका भित्र रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान गर्ने ।
▪ स्थानीय तह भित्रका प्राकृतिक स्रोत साधनको नक्साङ्कन तथा उपयोग एवं बाँडफाँडको अवस्था चित्रण गर्ने ।
▪ गाउँपालिकाको विकास निर्माण तथा सामाजिक गतिविधिको क्षेत्रमा नयाँ सम्भावना, अवसर तथा चुनौतीहरूको पहिचान र विश्लेषण गर्ने ।
४।वस्तुगत विवरण तयारीका क्रममा अपनाइएका विधिहरु
माथि उल्लिखित उद्देश्यअनुरुप वस्तुगत विवरण तयार गर्न प्रयोग भएका विधिहरु निम्न अनुसार रहेका छन् ।

९क) द्धितियक तथ्याङ्क सङ्कलन
ड्ड नेपालको राष्ट्रिय जनगणना २०६८ ले उल्लेख गरिएका तथ्याङ्कहरुलाई केन्द्रीय तथ्याङ्क विभागवाट लिइएको ।

ड्ड सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिवाट प्रकाशन भएका जिल्ला पाश्र्वचित्र तथा अन्य स्रोतबाट तथ्याङ्क लिइएको ।
ड्ड जिल्ला स्थित विभिन्न कार्यालयहरु ःजिल्ला वन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला वालकल्याण समितिको कार्यालय लगायतवाट विभिन्न तथ्याङ्क लिइएको ।

ड्ड साविकका गाविसहरुवाट प्रकाशन भएका गाविस प्रोफाईल लगायतका प्रकाशनहरु वा अन्य स्रोतबाट तथ्याङ्क लिइएको ।
९ख० प्राथमिक तथ्याङ्क सङ्कलन
ड्ड संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको सूचना सङ्कलन गर्न तयार गरिएको फारमको प्रयोग गरी प्राथमिक सूचना वस्ती स्तरमा संकलन गरिएको छ ।
ड्ड वस्तुस्थिति बुभ्mन खटिएका व्यक्तिहरुवाट स्थानीय पदाधिकारी, कर्मचारी, सामाजिक परिचालक, राजनीतिक दलका पदाधिकारीहरु एवं सरोकारवालाहरुसँग छलफल र सूचना, विवरण एवं अन्य विभिन्न माध्यमबाट तथ्याङ्क संङ्कलन गरिएको ।
९ग० सूचना विश्लेषण विभिन्न माध्यमवाट लिइएका सूचना एवं तथ्याङ्कलाई गरी विश्लेषण गरिएको । जसमा तथ्याङ्कलाई विभिन्न दृष्टिकोणवाट विश्लेषण गरिएको ।

९घ० सरोकारवालाहरु सँग छलफल
प्राथमिक तथा द्धितियक माध्यमवाट सङ्कलन भएका सूचनाहरुको विश्लेषण गरी तयार पारिएको विवरणलाई स्थानीय निर्वाचित पदाधिकारी, कर्मचारी लगायत सरोकारवाला महानुभावहरु सँगको अन्तरकृया छलफलवाट थप सूचना तथा सुझावहरु प्राप्त गरि विश्लेषण गरिएको छ ।

५।वस्तुगत विवरण तयारीको सीमाहरु
यो पाश्र्वचित्र तयार गर्दा प्रयोग गरिएको विधि एवं समयलाई बुझि प्राप्त भएसम्मका गाउँकार्यपालिकाको भौगोलिक, प्राकृतिक, सामाजिक, आर्थिक, मानवीय एवं धार्मिक सांस्कृतिक तथा विविध सूचना र तथ्याङ्कहरुलाई सरलिकृत रुपमा समावेश गरी एउटा वस्तुगत दस्तावेज तयार गरिएको छ ।

समयमा तथ्याङ्क एवं सूचना प्राप्त हुन कठिनाई, भौगोलिक जटिलता, यातायातको असुगमताको वावजुद पनि प्राप्त तथ्याङ्कलाई उपयुक्त तरीकाले विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यसरी तयार गरिएको पाश्र्व चित्रले आधारभूत तथ्याङ्कहरुलाई सङ्कलन एवं विश्लेषण गरिएको छ । यसले भविष्यमा गाउँपालिकाको पूर्व अवस्थालाई चित्रण गर्न मद्दत गर्ने छ ।

बिषय सुची
१।गाउँ पािलका र नगरपािलकाको पįरचय
➢ ऐितहािसक पृʿभूिम
➢ नामाकरण
➢ अविघथित ९सीमाना०
➢ Ɨेũफल
२।भौगोिलक द्धŜप
३।घथानीय चाडपवŊ तथा जाũा र मेलाको िववरण
४। पर्यटकीय स्थलहरुको विवरण
५। वर्तमान भू–उपयोग सम्वन्धी विवरण
६। सिंचित क्षेत्रफलको विवरण
७। वन क्षेत्र÷नर्सरी सम्वन्धी विवरण
८। सरकारी÷सार्वजनिक जग्गाहरुको विवरण
९। जनसंख्या वितरणको अवस्था ९२०५८–२०६८० १०। वडा अनुसार घरधुरी तथा जनसंख्याको विवरण ११। उमेर तथा लिङ्गका आधारमा जनसंख्याको विवरण १२। आर्थिक रुपले सक्रिय जनसंख्याको अवस्था १३। मातृभाषाको आधारमा जनसंख्याको विवरण १४। धर्मको आधारमा जनसंख्याको विवरण
१५। जातियताको आधारमा जनसंख्याको विवरण
१६। लिंग र उमेरका आधारमा घरमुलीको विवरण
१७। १० वर्ष र सो भन्दा माथिका महिला पुरुषहरुको पहिलो पटक बिबाह गरेको उमेरको आधारमा जनसंख्या
१८। अपांगताको आधारमा जनसंख्या ९एयउगबितष्यल दथ मष्कबदष्ष्तिथ०
१९। अपाङ्गता परिचयपत्र लिएका वालवालिकाको विवरण
२०। छानाको प्रकारको आधारमा घरधुरी संख्या
२१। स्वामित्वको आधारमा घरपरिवारको वसोवासको अवस्था २२। खानेपानीको श्रोतको आधारमा घरपरिवार सम्वन्धी विवरण २३। इन्धनको प्रयोगको आधारमा घरपरिवार विवरण
२४। बत्ती प्रयोगको आधारमा घरपरिवार विवरण
२५। उपलब्ध सेवा सुविधाको आधारमा घरपरिवार विवरण २६। शौचालय प्रयोगको आधारमा घरपरिवार विवरण २७। वसाई सराई सम्वन्धी विवरण
२८। खाद्यान्न आत्मार्निभरताको अवस्था
२९। स्वामित्वको प्रकारको आधारमा “महिला”घरमुली सम्वन्धी विवरण
३०। भ्ुाूस्वामित्व सम्वन्धी विवरण
३१। परिवारको स्वामित्वमा रहेको जग्गा जमिन सम्वन्धी विवरण
३२। आर्थिक वर्ष २०७२।०७३ को पञ्जिकरणको विवरण

३३। आर्थिक वर्ष २०७२।०७३ मा भएको नागरिकता तथा अन्य सिफारिसहरुको विवरण
३४। जेष्ठ नागरिक तथा एकल महिलाहरुको विवरण ९आ।व।२०७२।०७३०
३५। वडा अनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुकोे विवरण
३६। वार्षिक कार्यक्रमबाट लक्षित कार्यक्रमतर्फ भएको बिनियोजन तथा खर्चको अवस्था
३७। शैक्षिक संस्थाहरुको विवरण
३८। विश्वबिद्यालय तथा कलेजहरु
३९। ५ बर्ष र सो भन्दा माथिकाको साक्षरताको आधारमा जनसंख्याको बिबरण
४०। बिद्यालयमा अध्ययन गरिरहेका छात्रछात्राहरुको विवरण
४१। ५ बर्ष र सो भन्दा माथिकाको शैक्षिक अबस्था
४२। विद्यालयमा भर्ना नभएका तथा विद्यालय छाडेका वालवालिकाहरुको बिबरण
४३। कूल साक्षरता दरमा महिलाहरुको हिस्सा
४४। वडा अनुसार साक्षरता प्रतिशत ४५। बालविकास केन्द्रको विवरण ४६। बाल सञ्जालको अवस्था
४७। विशेष शिक्षातर्फ स्रोत कक्षामा अध्ययनरत छात्र÷छात्राको बिवरण
४८। विद्यालहरुमा शौचालयको विवरण
४९। तहगत शिक्षक बिवरण
५०। शिक्षक तथा कक्षा कोठाको पर्याप्तता
५१। विद्यमान स्वास्थ्य सेवाहरु
५२। खोप सेवाको विवरण
५३। खोप सेवा छोडने बालबालिकाको अबस्था ५४। विगत ३ वर्षहरुको पोषणको अवस्था ५५। कुपोषणको अवस्था
५६। दीर्घ रोगको कारणले मृत्यु भएका वालवच्चा सम्वन्धी विवरण
५७। लिंग अनुसार वाल बिवाह सम्वन्धी विवरण ९ १८ वर्ष मुनिका०
५८। कामदारको रुपमा घर÷परिवारवाट घर वाहिर गएका बालवालिकाहरुको विवरण
५९। श्रमिक वालवालिकाको प्रकार
६०। वालवालिकाहरुको हत्या अपहरण सम्वन्धी विवरण
६१। स्वास्थ्य सम्बन्धी सूचकांकहरु
६२। बालक्लबहरुको विवरण
६३। वडागत बालक्लबहरुको विवरण
६४। बालक्लव÷तथा बाल समुहले प्रतिनिधित्व गरेका संघ संस्थाहरुको विवरण ६५। म्ऋध्द्य मा दर्ता भई न।पा।अन्र्तगत रहेका बालक्लबहरुको संख्या ६६। जन्मदर्ता भएका बालबालिकाको संख्या
६७। परिवार विहीन बालबालिकाको अबस्था
६८। महिला हिसां सम्वन्धी विवरण ६९। वातावरण तथा सरसफाई ७०। फोहरमैला ब्यवस्थापन

७१। सेवा प्रवाह विवरण
७२। कृषि सेवा केन्द, उपकेन्द्र, कृषक समूह,
७३। पशु सेवा केन्द्र, उपकेन्द्र, कृषक समूह,
७४। हुलाक सेवा केन्द
७५। गापा÷नपाका हालका भवनहरु
७६। वसपार्क वा वस स्टेशन
७७। सिचांईको स्रोत
७८। तालतलैया र प्राकृतिक पोखरीको नाम ९सिमसार÷रामसार क्षेत्र समेत०
७९। गापा÷नपाको टाढाको वस्तीबाट सम्बन्धित गापा÷नपाको केन्द्र पुग्न लाग्ने अनुमानित समय ९घण्टा०
८०। वैंक तथा वित्तीय संस्था
८१। खुला क्षेत्र
८२। अचल सम्पती विवरण
८३। धार्मिक स्थल
८४। सडक सञ्जालको विद्यमान अवस्था
८५। निर्माणाधीन गाउँ÷नगर स्तरीय सडकहरु

८६। गाउँ÷नगर क्षेत्रभित्र रुट परमिट लिएर संचालन भएका सवारी साधनहरुको विवरण
८७। गाउँ÷नगर क्षेत्र चल्ने सवारी साधनहरुको विवरण
८८। विद्यमान सतह ढलको अवस्था
८९। सार्वजनिक शौचालय सम्वन्धी विवरण
९०। प्रकोपबाट भएको क्षति सम्वन्धी विवरण ९आ।व। २०७२।०७३को०
९१। विपद व्यवस्थापन पूर्व तयारी सम्वन्धी विवरण
९२। शहरी विद्युतीकरण
९३। दुर संचार सम्बन्धी विवरण
९४। झोलुङ्गे पुल÷पुलपुलेसा सम्वन्धी विवरण
९५। व्यापारिक केन्द्रहरुको विवरण
९६। सामुदायिक भवनहरुको विवरण
९७। सार्वजनिक पाटीपौवा र चौतारा सम्वन्धी विवरण
९८। खेल मैदान सम्वन्धी विवरण
९९। पार्क, वनस्पति तथा उद्यान सम्बन्धी विवरण
१००। गाउँपालिका÷नगरपालिका कार्यालयदेखि प्रत्येक वडाकेन्द्रसम्मको दूरी
१०१। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको विवरण र बार्षिक बजेट
१०२। गाउँ÷नगर क्षेत्रभित्र गठन भएका टोल विकास संस्थाहरुको विवरण १०३। वडा नागरिकमञ्च तथा नागरिक सचेतना केन्द्र सम्वन्धी विवरण १०४। जनचेतनामूलक तालिम प्राप्त गरेको जनसंख्या विवरण
१०५। मुख्य पेशा सम्वन्धी विवरण
१०६। औसत मासिक पारिवारिक आम्दानी विवरण १०७। औसत मासिक पारिवारिक वचत विवरण १०८। विप्रेषण ९रेमिटान्स०को विवरण
१०९। वडा अनुसार विपन्नता स्तरीकरण

११०। विद्युत÷सौर्य उर्जा आयोजनाहरुको स्थिति
१११। वार्षिक कृषि उत्पादन सम्वन्धी विवरण
११२। पशुधन तथा सोबाट हुने उत्पादनको अवस्था सम्वन्धी विवरण ११३। गाउँ÷नगरबाट बाहिर निकासी हुने वस्तुहरुको विवरण ९वन पैदावार० ११४। जग्गाको किसिम अनुसारको विवरण
११५। औद्योगिक तथा व्यापार, व्यवसाय ९निर्माण व्यवसायी समेत० सम्बन्धी विवरण
११६। विगत ५ आर्थिक वर्षको आयव्ययको विवरण
११७। गाउँपालिका÷नगरपालिकाले सञ्चालन गरेका प्रमुख कार्यक्रम तथा योजनाहरु
११८। गाउँपालिका÷नगरपालिकाको संगठनात्मक ढाँचा
११९। गाउँपालिका÷नगरपालिकाको कार्यालयमा हाल कार्यरत कर्मचारीहरुको विवरण
१२०। सरकारी कार्यालयहरुको नाम, टेलिफोन विवरण
१२१। स्थानीय राजनैतिक दलहरु
१२२। गाउँपालिका÷नगरपालिकासंग साझेदारी गरेका संघ संस्थाहरु
१२३। गाउँपालिका÷नगरपालिकाको भगिनी सम्बन्ध रहेको संस्था
१२४। गाउँपालिका÷नगरपालिकाको स्थापनाकालदेखि हालसम्मका प्रमुखहरुको विवरण
१२५। विगत ३ बर्षको ःऋएः को स्तर
१२६। विमानस्थलको विवरण
१२७। शवदाह तथा समाधिस्थलको विवरण
१२८। विशेष ब्यावसायिक खेती र उत्पादन हुने मुख्य कृषि बाली
१२९। गापा र नगरपालिका क्षेत्रभित्र रहेका होटलहरुको विवरण
१३०। बेरोजगारको तथ्याङ्क
१३१। सुरक्षा ईकाईहरु
१३२। सहकारी संस्थाहरुको विवरण
१३३। एफ।एम ÷ रेडियो स्टेशनहरुको विवरण
१३४। व्यापारिक फर्महरुको विवरण
१३५। सामुदायिक मेलमिलाप सम्बन्धी समिति गठन र क्रियाकलाप
१३६। प्राकृतिक श्रोत ९खानी÷खनिज आदि० १३७। पशुपंक्षी÷वन्यजन्तुको विवरण १३८। सुकुम्वासीको तथ्याङ्क
१३९। अल्पसंख्यक÷सिमान्तकृत बर्गको तथ्याङ्क
१४०। घरभाडामा बस्नेहरुको विवरण
१४१। गाउँपालिका÷नगरपालिकाभित्र रहेका विशेष, संरक्षित, स्वायत्त क्षेत्रको विवरण
गाउँपालिका÷नगरपालिका आफैले बनाएका नियम रविनियमहरुको
विवरण
१४२। गाउँपालिका÷नगरपालिकाका अवसर, चुनौति र समस्याहरु
१४३। गाउँपालिका÷नगरपालिकाका विकास सम्भावनाहरु

परिच्छेद–२
सहिदभूमि गाउँपालिकाको परिचय

१। संक्षिप्त परिचय
नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते गरेको स्थानीय तहहरुको घोषणामा
साविक छिन्ताङ, खोकु र आँखिसल्ला गाविसहरुलाई समेटेर यस खाल्सा छिन्ताङ
सहीदभूमि गाउँपालिकाको स्थापना भएको हो। जननिर्वाचित प्रतिनिधिहरुको प्रथम गाउँसभाले यस गाउँपालिकाको नाम संशोधन गर्ने सिफारिस गरे बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार मिति २०७४÷०९÷२४ गते नेपाल राजपत्रमा “सहिदभूमि” नाममा प्रकाशन भए पछि सोही नाम कायम भएको छ । ९९।५५ वर्ग कि।मी। क्षेत्रफल रहेको यस गाविसको जनसंख्या २०६८
सालको जनगणना अनुसार १८७६० जना रहेको छ । हाल यसको केन्द्र साविक खोकु गाविसको पिप्लेलाई तोकिएको छ । अरुण र तमोर नदी तथा मार्गा पोखरीले घेरिएको यस गाउँपालिकाको पूर्वमा धनकुटा न।पा।, पश्चिममा उदयपुर,सुनसरी र भोजपुर जिल्ला, उत्तरमा पाख्रीवास न।पा। र दक्षिणमा साँगुरीगढी गाउँपालिका
रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित