काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा विस्तार

काभ्रेपलाञ्चोक । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैङ्कको शाखा कार्यालयहरूको सङ्ख्या २८८ पुगेको छ ।

हाल बैङ्कको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैङ्किङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोर्ड सेवा, पिओसि  सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैङ्किङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूसिसिडी  मोबाइल बैङ्किङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित