तनहुँ । तनहुँमा चार लेनको पुल निर्माण कार्य भइरहेको छ । नेपालमै पहिलो पटक पृथ्वीराजमार्गको सबैभन्दा लामो मादी नदी पुल निर्माण भइरहेको छ ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण कार्य धमाधम भइरहेको छ । पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर श्यामकुमार यादवले नेपालमै पहिलो पटक चार लेनको पुल मादी नदीमाथि बन्न लागेको हो ।
पर्यटकलाई आकर्षण गर्ने हिसाबले कलात्मक आर्क डिजाइन गरिएको बताउनुभयो । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएका यादव बताउनुहुन्छ । पुल तीन वर्षभित्र निर्माण पुरा हुनेछ । यस पुलले व्यास नगरपालिको वडा नम्बर ४ दमौलीको र वडा नम्बर ५ को चापाघाट जोडेको छ ।
निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको र हालसम्म ३० प्रतिशत सकिएको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । यस पुलले व्यास नगरपालिको वडा नम्बर ४ दमौलीको र वडा नम्बर ५ को चापाघाट जोडेको छ ।
परामर्शदाता इन्जिनियर रञ्जित यादवले काम छिटो पुरा गर्न रातको समयमा समेत काम भइरहेको जानकारी दिनुभयो । यादवका अनुसार कामदार एक सय २० जना र कर्मचारी ३० जना गरी एक सय ५० दैनिक कामका खटिएका छन् । रातको समयमा ३० जनाले काम गरिरहेका छन् ।
मादी नदीमा एक अर्ब २१ करोड रुपियाँको लगानीमा बन्ने पुलको छ वटा स्पान हुने आयोजनाले जनाएको छ । हाल दुई लेनको पुल तीन सय ७० मिटर छ । अब बन्ने पुल भने चार लेनको तीन सय १८ मिटरको हुनेछ ।
८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो । अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ। पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन-जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन-पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ ।


















Discussion about this post