आठराई । सशस्त्र प्रहरी वेस क्याम्प, संक्रान्तिबजारमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक श्री जय कुमार चौधरीज्यूको बिदाइ तथा नवपदस्थापित निरीक्षक श्री युवराज रिजालज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८१/१२/१० गतेदेखि संक्रान्तिबजार वेस क्याम्पमा जिम्मेवारी सम्हाल्दै आउनुभएका निरीक्षक चौधरीज्यूलाई मिति २०८२/१०/१८ गते आठराई गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा बिदाइ गरिएको हो। आठराई बसाइको क्रममा उहाँले शान्ति सुरक्षा र सेवा प्रवाहमा पुर्याउनुभएको योगदानको कदर गर्दै गाउँपालिकाका अध्यक्ष श्री दिलकुमार पाहिमज्यूले गाउँपालिकाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष पाहिमले निरीक्षक चौधरीज्यूको कार्यशैली, समन्वय र जिम्मेवारीबोध प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी कार्यकाल सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
उक्त अवसरमा निरीक्षक चौधरीज्यूको स्थानमा नयाँ जिम्मेवारीका साथ आठराई आएका सशस्त्र प्रहरी निरीक्षक श्री युवराज रिजालज्यूलाई औपचारिक स्वागत गरिएको थियो। गाउँपालिका नेतृत्वले निरीक्षक रिजालज्यूको नेतृत्वमा यस क्षेत्रको शान्ति सुरक्षा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।

कार्यक्रममा गाउँपालिका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

















Discussion about this post