तेलुगु अभिनेता रवि तेजाका बुबा राजगोपाल राजुको ९० वर्षको उमेरमा निधन भएको छ। उनले जुलाई १५ को राति हैदराबादस्थित आफ्नो घरमा अन्तिम श्वास फेरे। उनी उमेरसँगै हुने रोगबाट पीडित थिए।
राजगोपाल राजु एक फार्मासिस्ट थिए। जागिरका कारण उनको परिवारले जयपुर, दिल्ली, मुम्बई र भोपाल जस्ता धेरै सहरहरूमा बसाइसराइ गरेका थिए।

रवि तेजा सुपरस्टार बनेपछि पनि उनले धेरै वर्षसम्म आफ्नो काम जारी राखे। उनी र उनकी श्रीमती राज्यलक्ष्मी सधैँ लाइमलाइटबाट टाढा रहे। यसैबिच, अभिनेताका फ्यानहरूसँगै सेलिब्रेटीहरूले पनि अभिनेताका बुबाको मृत्युमा शोक व्यक्त गरेका छन्।
राजगोपाल तीन छोराका पिता थिए। जेठा छोरा रवि तेजा तेलुगु सिनेमाका सुपरस्टार हुन्। उनका दोस्रो छोरा भरतको सन् २०१७ मा कार दुर्घटनामा मृत्यु भयो। उनका तेस्रो छोरा रघु पनि एक अभिनेता हुन् । उनले पनि धेरै फिल्महरूमा काम गरिसकेका छन्।












Discussion about this post