सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राहीसँग छलफल तथा अन्तरक्रिया सम्पन्न

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही हरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमको उद्देश्य, मापदण्ड, लाभ वितरण प्रक्रिया तथा पारदर्शिताका विषयमा विस्तृत छलफल गरिएको थियो।

उक्त अवसरमा फुसको छानो हटाउने कार्यक्रम अन्तर्गत एक जना अपाङ्गता भएका व्यक्तिको परिवारलाई आवास सहयोग प्रदान गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरूले भूकम्पबाट प्रभावित भई पुनः फुसको छानोमा बस्न बाध्य भएका नागरिकलाई प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे।

एउटै व्यक्तिलाई दोहोरो सुविधा नदिइने, आफन्त–नातागोता वा पहुँचका आधारमा सिफारिस नगर्ने र सबैलाई समान रूपमा आम नागरिकका रूपमा हेरेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरियो।

साथै, भोलिदेखि आम नागरिकका लागि भुक्तानी प्रक्रिया सुरु हुने जानकारी गराउँदै सबै लाभग्राहीलाई ढुक्क र विश्वस्त रहन आग्रह गरिएको छ। कार्यक्रम पारदर्शी, निष्पक्ष र दोहोरो नपर्ने गरी अघि बढाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित